Comments Add Comment

काठमाडौं सडक पेटीको फूलबारीमा कोबाट खतरा छ ?

Road Crossing (25)

सार्क सम्मेलनको अवसरमा काडमाडौंका सडकमा रोपिएका बोट विरुवा, फूल र दुबो यात्रुहरुले कुल्चेर ढुटो बनाउन थालेका छन् ।

सार्क सम्मेलन सकिएको भोलिपल्टै सडकपेटीका विरुवाहरु निमोठ्ने क्रम सुरु भइसकेको छ । एकै दिनमा यसरी यात्रुले किचिमिची पार्ने हो भने यी बोटविरुवा हुर्कने कुनै सम्भावना छैन । तपाईको विचारमा यसरी बोटविरुवा र फूलबारी ध्वस्त हुन थाल्नुमा कसको बढी दोष होला ?

१. नागरिकहरु असभ्य भएकाले यस्तो भएको हो, यसमा सभ्य भनिने नागरिकको सोह्रै आना गल्ती छ ।

२. विचरा यात्रुको गल्ती छैन । यात्रुका लागि जेब्रा क्रस, आकाशे पुल र बाटो काट्ने स्थान नभएकाले उनीहरु जथाभावी बाटो काट्न विवश भएका हुन् । सरकारले यात्रुलाई विकल्प नदिँदा यस्तो भएको हो ।

३. विरुवा रोपेपछि जोगाउनु पर्‍यो नि । जसले बिरुवा कुल्चन्छ, उसलाई तत्काल समातेर कारबाही गर्नुपर्छ । यसो नगर्नु प्रहरीको कमजोरी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment