Comments Add Comment

सार्कपछि पनि ‘हरियाली काठमाडौं’ अभियान जारी रहने

१२ मंसिर, काठमाडौं । सार्क सम्मेलनका क्रममा सडकको दाया र बाँया रोपिएका रुख-विरुवालाई जोगाउन दैनिकजसो मलजल गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

‘हरियाली काठमाडौं’ अभियानलाई जारी राखिने काठमाडौं महानगरपालिकाले जनाएको छ । सार्कको अवसरमा सडकका दायाँबायाँ रोपिएका कपुर, जापानी चेरी (आरू फूल) फूल, धूपीसल्ला, असारे फूल, पैयूँजस्ता रूख-बिरुवा रोपिएको छ ।

महानगरपालिकाले राजधानीका सडक दायाँबाया नौ लाख मुल्यका ५०० गमला, १० लाखका झन्डै दुई हजार साना/ठूला रूख बिरुवा र १३ लाखका ४७५ वटा रूख अडाउने बार (ट्रि गार्ड) राखेको छ ।

पहिलेपहिले सडकमा राखिएका गमला र फोहोर फाल्ने भाँडो चोरी भएता पनि सार्क सुरुभएदेखि अहिलेसम्म कुनै पनि स्थानबाट एउटा पनि गमला वा फूल चोरी नभएको महानगरपालिकाले जनाएको छ । तर, अबका दिनमा चोरी भएको खण्डमा चोरी गर्नेलाई नेपाल प्रहरीलाई जिम्मा लगाएर चोरी ऐनअनुसार कारबाही गरिने महानगरपालिकाको भनाइ छ ।

महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले अभियानलाई निरन्तरता दिँदै नियमित सरसफाइ गर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment