Comments Add Comment

राष्ट्रिय सभागृहको प्रयोगबारे सुझाव दिन कार्यदल गठन

१२ मंसिर, काठमाडौं । सरकारले सार्क सम्मेलनका लागि पुनः निर्माण गरेको राष्ट्रिय सभा गृहको प्रयोग गर्ने सुझाव दिन कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार सार्क सम्मेलनको लागि निर्माण भएको सिंहदरवार ग्यालरी बैठक र राष्ट्रिय सभा गृहको प्रयोग गर्ने सम्बन्धमा कार्यदल गठन भएको हो ।

साथै कार्यदलले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको सभा सम्मेलन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारको दीर्घकालीन पूर्वाधार विकासबारे पनि अध्ययन गर्नेछ ।

काठमाडौंको सडक र सरसफाई कायम गर्नू सडकमा गरिएको हरियाली प्रवर्द्धनको संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

काठमाडौं उपत्यकामा आवश्यक पर्ने करीब ४०० सार्वजनिक शौचालयको निर्माणबारे समेत सरकारले गृहकार्य सुरू गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment