Comments Add Comment

१० जनाको ज्यान जाने गरी बस ठोक्काउने चालकलाई थुन्न आदेश

१२ मंसिर, हेटौंडा । १० जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका चालकलाई पुर्पक्षलाई थुुनामा राख्न आदेश दिएको छ ।

दुर्घटना भएको बस । फाइल फोटो
दुर्घटना भएको बस । फाइल फोटो

जिल्ला अदालत मकवानपुरले शुक्रबार बस चालक राकेशसिंह स्याङ्तानलाई थुनामा राख्न आदेश दिएको हो ।

गत कात्तिक १५ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको बसामाडीमा दुई बस ठोक्किँदा १० जनाको ज्यान गएको थियो । बसका मालिकसँगको विवादमा सिंहले चलाएको शुभश्री यातायातको ना ४ ख ५४४८ नम्बरको बस विपरित दिशाबाट आएको ना ५ ख ४८४१ नम्बरको बसमा ठोक्काएका थिए ।

न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले अर्को बसका चालक अरबिन्द तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment