Comments Add Comment

टोटनहाममाथि युइएफएको प्रतिबन्ध

uefa
१२ मंसिर, काठमाडौं । तिन पटकसम्म हुल्याहा दर्शक मैदानमा छिरेपछि युरोपा लिग अन्तरर्गत इंगलिस क्लब टोटनहाम र सर्बियाली क्लब पार्टीजान बेलग्रेडबीचको खेल १० मिनेट अबरुद्ध भएको छ ।
टोटेनाहमको घरेलु मैदान हृवाइट हार्ट लेनमा भएको खेलमा पाहुना टिम पार्टिजानलाई १-० ले पराजित गर्दै टोटनहाम नकआउट चरणमा प्रवेश गरेपनि खेलमैदानमा दर्शक छिरेको घटनाले टोटनहामको जितलाई छायाँमा पार्‍यो । साथै सुरुक्षा व्यवस्था फितलो बनाएको आरोपमा टोटनहामले युरोपेली फुटबल संघको कारवाही समेत भोग्नुपर्ने भएको छ । युइएफएले उक्त खेलको जितलाई तत्काल मान्यता दिएको छैन भने टोटनहाममाथि प्रतिबन्ध लगाएको छ ।
यसअघि गएको सेप्टेम्बरमा बेलग्रेडको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा गोलरहित बराबरीको खेलमा पनि दर्शकहरुले अभद्र व्यवहार गरेपछि पार्टिजान क्लबले कारवाही बेहोर्नुपरेको थियो ।
खेलको समयमा मैदानमा छिर्ने तिनैजनालाई प्रहरीले पक्राउ गरेको छ ।
खेल सुरु भएको ४१ औँ मिनेटमा एक जना दर्शक मैदानमा छिरेपछि युक्रेनी रेफ्री येभहेन रानोभ्स्कीले खेलाडि तथा अधिकारीहरुलाई मैदानबाट बाहिररिन आग्रह गरेका थिए । त्यसपछि पनि लगातार दुइजना दर्शक मैदानमा छिरेपनि रेप|mीले खेल रोकेको घेाषणा गर्नुपरेको थियो ।
मैदानमा छिरेका दुइजना दर्शकहरुले खेलाडीको वरिपरि दौडिँदै मोबाइलबाट सेल्फी खिचिरहेका थिए । टोटनहामका स्ट्राइकर रोबर्टो सौल्टाडोले एक जनाको टिसर्टमा समाएर घिसारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment