Comments Add Comment

संघीयता विवाद आयोगलाई जिम्मा दिने ओलीको प्रस्ताव

१२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको विवाद आयोगलाई जिम्मा दिने प्रस्ताव अघि सारेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगको अन्तक्रिर्यामा नेता ओलीले आफूहरु माघ ८ भित्रै संविधान जारी गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भने-संघीयतामा उल्झन हुन्छ भने संघीय आयोग बनाएर पछि टुङ्ग्याउन सकिन्छ ।’ यस्तो आयोगले दिएको सुझावलाई संसदको दुई तिहाइले अनुमोदन गर्नु पर्ने ओलीको प्रस्ताव छ ।

सकेसम्म सहमतिमै संघीयतासहितको संविधान जारी गर्न चाहेको भन्दै उनले सहमतिमा आउन विपक्षीलाई आहृवान समेत गरेका छन् । ओलीले प्रदेशहरु बनाउँदा पहाड र तरार्इलाई अलग गर्न नहुने र थोरै संख्याको बनाउनु पर्नेमा समेत जोड दिए ।

एमाले अध्यक्ष ओलीले संसदीय सर्वोच्चतासहितको शासकीय प्राणली, समानुपातिकतर्फको माथिल्लो र प्रत्यक्ष निर्वाचन तल्लो सभा रहने निर्वाचन प्रणाली र स्वतन्त्र न्यायालयमा सहमति जुट्ने बताए ।

फास्ट ट्राक विधिमा गएर भएपनि समयमा संविधान बनाउनु पर्ने भन्दै उनले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको भूमिकाप्रति असन्तुष्टि जनाए । भट्टराईले एउटा पार्टीको कार्यकर्ताको शैलीमा काम गर्दा समस्या आएको उनले बताए ।

पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले दलहरुले निर्वाचनका समयमा गरेको वाचा र संविधानसभाको पहिलो बैठकले गरेको निर्णयबमोजिम शान्ति प्रक्रियाको पूर्णता र परिवर्तनको कार्यसूचीलाई संस्थागत गर्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिसहित सममयै लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment