Comments Add Comment

दुनियाँ बिर्साउने डोल्पाका दृष्य (फोटो कथा)

dolpaopen (2)तस्विरः उपन कार्की

१३ मंसिर, काठमाडौं । डोल्पाको नाम लिनासाथ हाम्रो दिमागमा एकसाथ आउने नाम हो- से फोकसुन्डो ताल । फ्रेन्च निर्देशक एरिक भ्यालीले ‘क्याराभान’ फिल्म बनाएपछि डोल्पाले अन्तराष्ट्रिय जगतमा पनि चर्चा पाउन थाल्यो ।
नेपालको अग्लो र ठूलो तालमध्ये पर्ने से फोकसुण्डो ताल पुग्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ । छिनछिनमै परिवर्तन हुने पानीको रंगले तपाईको मनलाई थप रोमाञ्चक बनाइदिने छ । तालबाट निस्केको पानीबाट बनेको सुन्दर झरना अर्को महत्वपूर्ण दृष्यावलोकनस्थल हो ।
समुद्री सतहकाट ३ हजार ६ सय मिटरको उचाईमा रहेको यो ताल करिव ६ सय ५० मिटर गहिरो छ । तालमा कुनै पनि जीवजन्तुको अस्तित्व भेटिन्न ।
पर्यटकका लागि बास बस्न ताल नजिकै रिग्मो गाउँ छ जहाँ औसत सुबिधा उपलब्ध छन् ।

सडकले नछोएको डोल्पा पुग्ने एकमात्र विकल्प हवाई यात्रा हो । नेपालगन्जदेखि जुफालसम्मको हवाई यात्रापश्चात सुरु हुन्छ फोकसुण्डो यात्रा । जुफालबाट फोकसुण्डो ताल पुग्न दुई दिन हिड्नुपर्छ । पहिलो दिन सेप्का र दोस्रो दिन फोकसुण्डो पुग्न सकिन्छ ।
‘डोल्पा जति सुन्दर छ, त्यति नै यहाँसम्म पुग्ने पर्यटन पूर्वाधार हुने हो ठूलो पर्यटकीय गन्तब्य बन्न सक्थ्यो’ पर्यटकलाई डोल्पा यात्रा गराउने एक्सप्लोरर डोल्पोका प्रबन्ध निर्देशक जितेन्द्र झाँकृ भन्छन् ।
हामी यसपटक यहाँहरुलाई सुन्दर डोल्पाका केही मनमोहक दृष्यहरु पेश गर्दैछौं जसले तपाईलाई एकपटक डोल्पा पुग्ने हुटहुटी लगाइदिनसक्छ ।

dolpaopen (14)
dolpaopen (6)

dolpaopen (9) dolpaopen (10) dolpaopen (11) dolpaopen (12) dolpaopen (15) dolpaopen (17)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment