Comments Add Comment

गढीमाई मेला जाँदा तीन जनाको मृत्यु

१३ मंसिर, बारा । गढीमाई मेला भर्न गएका तीन जनाको मृत्यु भएको छ । मेला भर्न गएका सर्लाहीका तीन जनाको मृत्यु भएको हो । रौतहट, बारा र सर्लाहीमा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

मेला भर्न गएका उनीहरुमध्ये दुई जनाको दुर्घटनामा परी मृत्यु भएको हो भने एकको छारेरोगका कारण मृत्यु भएको भएको हो । सर्लाही हरकठवा-५ की १८ वर्षकी रञ्जुकुमारी रामको छारेरोगकाका कारण मृत्यु भएको हो । उनी बिहीबार साँझ बेहोस भएर ढलेकी थिइन् ।

त्यस्तै मेला भर्न यात्रु लिएर जाँदै गरेको ट्याक्टर बाराको बरियापुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाहीका २१ वर्षका पप्पु सिंहको मृत्यु भएको हो ।

त्यस्तै मेलामा जाने यात्रु लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा सिरहा महेश्वरपुर १ का ५४ वर्षका दुलारी मण्डलको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको रानीगंजमा दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment