Comments Add Comment

धान कुट्ने थ्रेसरले च्यापेर मृत्यु

१३ मंसिर, झापा । धान झार्ने क्रममा थ्रेसरले च्यापेर झापामा एक महिलाको मृत्यु भएको छ ।
घरमा थ्रेसर लगाएर धान झार्दै गरेकी कुमरखोद गाविस वडा नम्बर पाँचकी ३५ वर्षकी शान्ता चौलागाईको मृत्यु भएको हो ।
धान झार्दै गर्दा अचानक थ्रेसरले उनको बाँया हात र खुट्टा च्यापेपछि गम्भीर घाईते भएकी चौलागाईको उपचारका क्रममा विर्तामोर्डको सीटी अस्पतालमा निधन भएको हो ।
थ्रेसरका धनी स्थानीय दिनानाथ तिवारीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।
सुमन घिमिरेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment