Comments Add Comment

नेपालमा प्रर्दशन नहुँदै सम्बोधन हेर्दै अष्ट्रेलियाबासी नेपाली

sambodhan namrataकाठमाडौं । मंसिर १३ गते शनिवार अष्ट्रेलियाको मेलबर्नमा चलचित्र ‘सम्बोधन’ प्रदर्शन हुने भएको छ । मुनसन इभेन्ट्सका निर्देशक रुपेश प्रधानका अनुसार यो चलचित्रलाई पहिलो पटक अस्टे्रलियावासी नेपालीमाझ प्रस्तुत गर्न लागेको हो ।
हेमराज बिसीको निर्देशन रहेको यस चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, बिनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् । बिसीकै निर्देशन रहेको अर्को चलचित्र ‘जेरी’ अहिले नेपालमा प्रदर्शन भइरहेको छ भने, जेरी पछिल्लो समय दर्शकले मन पराएको फिल्मको रुपमा चिनिन्छ ।
सरोज न्यौपानेको निमार्णमा तयार भएको यो चलचित्र शनिवार मेलबर्नको क्यापिटल थिएटरमा प्रदर्शन हुने भएको छ । अष्ट्रेलियाको प्रदर्शनपछि मात्रै नेपालको सिनेमा घरमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment