Comments Add Comment

भोक लाग्यो भन्न छाडे देवीरामले

debiram  1
काठमाडौं । टेलिचलचित्र ‘जीरे खुर्सानी’ मा जतिवेला पनि भोक लाग्यो भनेर पिरिरहन्छन् देबीराम पराजुली । उनको संवाद सुनेकै कारण सिरियल युनिट मात्रै हैन, बाटोमा भेटेका दर्शकले समेत ‘भोके’ भन्दै जिस्क्याउँछन् ।
सिरियल बाहेकको कार्यक्रममा भने उनले भोक लाग्यो भन्न छाडेका छन् । ‘सिरियलमा मात्रै हो अरु कार्यक्रममा म भोक लाग्यो भनेर किचकिच गर्दिन अब संविधान निर्माणका लागि दबाब दिन्छु ।’ अनलाइनखबरसंग कुरा गर्दै देबीरामले भने ।
deviram 2पोखरा उद्योग बाणिज्य संघले पोखरामा आयोजना गरेको कार्यक्रममा हाँस्य प्रस्तुति दिन पुगेका देबीरामले आफ्ना जोडी शिबहरी ‘बैरागी’संग मिलेर समयमै संविधान बनाउनुपर्ने कुरा गरे । उक्त कार्यक्रममा उनी डक्टर बनेका थिए भने बैरागी समयमा संविधान नबनेर बिरामी भएको पात्रको रुपमा ।
बैरागी र उनको जोडी जमेको ७ वर्ष भयो । प्रायः स्टेजमा आयोजना हुने कार्यक्रममा उनीहरु संगै प्रस्तुत हुन्छन् । जीरे खुर्सानीमा दौरा सुरुवालमा दलको समानुपातिक सभासद बनेका बैरागी पनि स्टेजमा भिन्न गेटअपमा प्रस्तुत हुँदै आएका छन् । सिरियलमा झुत्रे देखिएपनि बाहिर स्टाइलिस देखिने देबीराम गेटअपको सन्दर्भमा चनासो छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment