Comments Add Comment

उखुबारीमा पाइथन अजिङ्गर

 १३ मंसिर, मोरङ । मोरडको पोखरीया गाविस-९ मा अजिङ्गर फेेला परेको छ ।

लोपोन्मुख पाइथन प्रजातिको अजिङ्गर स्थानीयवासीले फेला पारेका हुन् । स्थानीयवासी अच्छेलाल ऋषिदेवका अनुसार उखुुखेतमा काम गरिरहेको अवस्थामा स्थानीय महगुु ऋषिदेवले सो अजिङ्गर फेला परेको हो ।

उनका अनुसार सो अजिङ्गर साढे ८ फिट लम्बाइ १५ इन्च मोटाइ रहेको छ । गाउँमा अजिङ्गर फेला परेको हल्ला चलेपछि स्थानीय प्रहरीले सो अजिङ्गर प्रहरी चौकी पोखरीयामा ल्याई सुरक्षित राखेका थिए ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नरेन्द्र कुँवरले संरक्षित प्रजातिमा रहेको सो पाइथन जातको अजिङ्गर सुरक्षित वासस्थानका लागि शुक्रबार जिल्ला वन कार्यालय मोरङमा बुझाइएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment