Comments Add Comment

सबैभन्दा पातलो कण्डम बनाएर विश्वकिर्तिमान

HONG KONG-GUINNESS-RECORDS-CONDOM
किर्तिमान भन्ने कुरा विभिन्न काम गरेर राख्न सकिन्छ । चीनको एक कम्पनीले सबैभन्दा पातलो कण्डम बनाएर विश्वकिर्तिमान कायम गरेको छ ।
ग्वान्झाउको डेमिङ्ग युनाइटेड रबर प्रडक्ट कम्पनीले मात्र ०.०३६ मिलिमिटर मोटाइ रहेको ल्याटेक्स कण्डम उत्पादन गरेको हो । यो कण्डमले जापानी कण्डमलाई माथ दिँदै विश्वको सबैभन्दा पातलो कण्डमको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।
यो कण्डमको नाम एओनाइ कण्डम हो । यसअघि जापनको ओकामोतो कण्डम सबैभन्दा पातलो कण्डमको रुपमा थियो ।
डेमिङ्ग युनाइटेडले वर्षमा २० करोड गोटा कण्डम निर्माण गर्छ । यी कण्डमहरु चीनभित्रै तथा अन्य देशमा समेत खपत हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment