Comments Add Comment

पाँच मन्त्रीको भ्रमणमा एकैदिन सातलाख खर्च

5-mantri
१३ मंसिर काठमाडौं । नेपाल सरकारका ५ मन्त्रीहरुले अनुगमनका नाममा विभिन्न जिल्ला भ्रमणमा जाँदा एकैदिन सात लाख रुपैयाँ खर्च गरे । उनीहरुले शुक्रबार सो परिमाणको रकम खर्च गरेको विल पेस गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार झापा जिल्लाको कार्यक्रममा जाँदा उपप्रधानमन्त्री बामदेव गौतमले ६२ हजार ७ सय ९५ रुपैयाँ खर्च गरेको विल पेस गरेका छन् । त्यस्तै कृषि मन्त्री हरि पराजुलीसहितको टोली जुम्ला, दाङ र प्युठानमा कार्यक्रममा जाँदा ८७ हजार ७ सय ८० रुपैयाँ खर्च गरे ।

त्यसैगरी सुनसरी भ्रमणमा जाँदा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ६९ हजार ३ सय ७५ रुपैयाँ खर्च गरे । भ्रमणकै क्रममा मन्त्री पण्डित चढेको गाडीलाई ट्रकले ठक्करसमेत दिएको थियो ।

स्वास्थयमन्त्री खगराज अधिकारीको टोली मकवानपुर, कास्की, तनहुँ, मोरङ र चितवनलगायतका जिल्ला भ्रमणमा जाँदा २ लाख १६ हजार ५ सय ४० रुपैयाँ खर्च गरे । अर्थमन्त्री डा. रामशरण महतको टोली कास्की भ्रमणमा जाँदा ४० हजार ७ यि १० रुपैयाँ खर्च गरे ।

मन्त्रीहरुमाथि अनुगमनको बहाना बनाएर स्थानीय राजनीतिक कार्यक्रममा जाने र त्यसको खर्च राज्यकोषबाट गर्ने गरेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment