Comments Add Comment

सवारी दुर्घटनामा जिविस रौतहटका पटेलको मृत्य

१३ मंसिर, रौतहट । गएराति रौतहटको गौरमा भएको दुर्घटनामा जिल्ला विकास समिति रौतहटका एक कर्मचारीको ज्यान गएको छ भने अर्का एक कर्मचारी गम्भीर घाइते भएका छन ।

शुक्रवार राति ११ बजे गौर चन्द्रनिगाहपुर सडकखण्डमा सदरमुकाम गौर ७ स्थित बरहवा पुल नजिक रोकि राखेको ना २ त ४२२३ नम्बरको ट्रयाक्टरमा ना २७ प ७५६ नम्बरको मोटरसाइकलले पछाडी बाट ठक्कर दिदा विर्तीप्रस्टोका गाविस वडा नम्बर ८ का ३२ वर्षका नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको छ भने पछाडी सवार रहेका गौर ४ महादेवपटि निवासी २७ वर्षका रंजित कुमार पटेल गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक नागेन्द्र जिल्ला विकास समिति रौतहटका सामाजिक परिचालक हुन भने घाइते रंजित पनि सोही कार्यालयका कर्मचारी हुन । बाक्लो हुस्सु र कुहिरोका कारण तिव्र गतिमा आउदै गरेको मोटरसाइकल रोकिएको ट्रयाक्टरमा ठोक्किए पछि दुर्घटना भएको प्रहरी निरिक्षक राम प्रकाश चौधरीले बताए ।
गौतम श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment