Comments Add Comment

न्यूयोर्कमा थपलियाको पुस्तक “स्वीट स्पीचेज” सार्वजनिक

Sweet Speeches Book Cover by Rajan Thapaliyaन्यूयोर्क  । राजन थपलियाको नयाँ पुस्तक “स्वीट स्पीचेस्” अमेरिकाको न्यूयोर्कमा सार्वजनिक गरिएको ।

उनको यो ८ औ पुस्तक हो । यो पुस्तक ड्रिप्रेसनको समस्या भएकालार्इ अचुक अस्त्र बन्ने विश्वास गरिएको छ ।

उनले यसअघि “थिन्क अबाउट इट्, ट्रनिङ पोइन्ट, सिम्पल रुल्स्, मिराकल अफ द लाईफ्, अमेजिङ बिजनेस आइडिया, लाईफ इज नोट इजी प्रकाशित भइसकेका छन् ।

उनका सबै पुस्तक  अमेरिकाको न्यूयोर्क्, बोस्टन र साउथ क्यारोलिनाबाट प्रकाशित भएका हुन ।

यी किताबहरुको मार्केटिङको जिम्मा भने बूक स्टोर “बार्न्स एन्ड नोबल” ले लिएको छ ।

“स्वीट स्पीचेस्” मेडिकल साइन्समा आधारित बिभिन्न रोग, र त्यस्का समाधानहरु समेटिएको पुस्तक हो ।

उक्त पुस्तकलाई स्पेस पब्लिकेसनले बजारमा ल्याएको छ ।

न्यूयोर्कको ग्रायान्ड एभिन्यूमा रहेको चाइजिन फाइन डाइनिङ रेस्टुरेन्टमा चर्चित युवा पत्रकार किशोर पन्थी र बलिउडका इभेन्ट प्रोमोटर केपी  न्यौपाने  “ज्याक्सन” को बिशेष आतिथ्यमा न्यूयोर्कको कुइन्समा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उनले छिट्टै नै “लाईफ इज सो इजी” र “बि रेडी” पुस्तक प्रकाशित गर्ने तयारी गरेको हेमन्त सापकोटाले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment