Comments Add Comment

पुलिसलाई केरा देखाउनेलाई ३ वर्ष जेल

banana
पुलिसलाई केरा देखाउने एक युवकले ३ वर्षसम्म जेलको हावा खानुपरेको छ । अमेरिकाको कोलोराडोस्थित प|mुटबेलका २७ वर्षीय नाथन चानिङले आफ्नो हातमा रहेको केरा देखाउँदै प्रहरीलाई तर्साउन खोज्दा पक्राउ परेका हुन् ।
आफ्नो हातमा रहेको केरालाई बन्दुक भनेर पुलिसलाई ताकेर उनी भाग्न खोज्दै थिए । पुलिसले पनि उनको हातको त्यो चिज केरा नभै पहेँलो टुप्पो सहितको ह्याण्डगन रहेको विश्वास गर्यो । वास्तवमा उनी युट्युबका कमेडी भिडियो बनाएर पोष्ट गर्ने कलाकार थिए । उनले त्यस्तै हँसिमजाक गरेका थिए पुलिससँग । तर पुलिसले त्यो कुरा बुझेनन् र आत्मरक्षाका लागि भन्दै उनलाई चेतावनी दिँदै पक्राउ गरे ।
प्रहरी आफुनेर नै आएर समाउन थालेपछि उनले यो केरा हो भन्दै चिच्याएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरिछाड्यो र केरा बन्दुक बरामद गरिछाड्यो ।
ती युवालाई मेसा काउन्टी जेलमा राखिएको छ । उनीसँग स्थानीय अदालतले १० हजार डलर धरौटी माग गरेको छ । उनीमाथि लगाइएको अभियोग अनुसार उनलाई ३ वर्षसम्मको जेल सजाय र १ लाख डलरसम्म जरिवाना हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment