Comments Add Comment

कान्छीलाई घुमाउने काठमाण्डौ सहर (फोटो कथा)

रातो रानी फुले झैं साँझमा
तिमी फूल्यौ कलेजी माझमा
मनको रहर, कान्छीलाई घुमाउने
काठमाण्डौ सहर ।kathmandu-2
गायक डेनी डेन्जोम्पाले गाएको यो गीतले झण्डै ३० बर्ष अगाडीको काठमाण्डौ शहरको बयान गर्दछ ।

तर, अहिले काठमाण्डौ भन्नासाथ मानिसको दिमाग आउने झट्ट आइहाल्छ यहाँको धूलो, धुवाँ, अबब्यस्थित ट्राफिक र फोहोरको डुंगुर ।

मानिसले सिर्जना गरेका यी बेथितीलाई बिर्सने हो भने काठमाण्डौ शहर डेनीले भने झैं प्राकृतिक र सांस्कृतिक हिसावले साँच्चै भब्य र बिशाल छ ।

काठमाडौं वरपर रहेका गणेश हिमाल लाङ्गटाङ्ग,लोत्से,माउण्ट मनास्लु र मकालुलगायतले काठमाण्डौ सुन्दरतामा सुगन्ध थपिदिएका छन् ।

काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि शिवपुरी, चन्द्रागिरि, दलचोकी, लाकुरीभञ्ज्याङ्ग, घम्पेडाँडा प्रख्यात छन् ।

kathmandu-1

हिन्दु धर्मालम्बीहरुको आराध्यदेव पशुपतिनाथ, पाटन दरवार स्क्वायर, वसन्तपुर दरवार र भक्तपुर दरवारका साथै वौद्ध धर्मालम्बीहरुको धार्मिक स्थलहरु बौद्धनाथ र स्वयम्भू स्तुपाहरुले काठमाडौंको  सवै धार्मिक समुदायको आस्थाको केन्द्र बनाइदिएको छ ।

काठमाडौं शहरको रात्रीकालिन दृश्यावलोकनका लागि आन्तरिक तथा बाहृय पर्यटकहरुको आर्कषण बढ्दो छ । फलस्वरुप उपत्यका वरपरका हातीवन, घम्पेडाँडा लाकुरीभञ्ज्याङ्गलगायतका रिसोर्ट र होटलहरु सिजनमा खचाखच भरिएका हुन्छन् ।

काठमाण्डौ एउटा आधुनिक शहरका रुपमा आफुलाई रुपान्तर गर्ने प्रकृयामा छ । सडक फराकिला बनिरहेका छन, अग्ला बहुतले अपार्टपेन्ट र सपिङ मल र देशी बिदेशी स्वादका रेष्टुँराले काठमाण्डौको रहनसहन संस्कृतिमा बदलावको संकेत गरिरहेको छ ।

kathmandu-3 kathmandu-4 kathmandu-5 kathmandu-6 kathmandu-7 kathmandu-8 kathmandu-9 kathmandu-10 kathmandu-11 kathmandu-12 kathmandu-13 kathmandu-14

तस्वीरः अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment