Comments Add Comment

सत्यमोहन जोशीलाई शताब्दी पुरुष सम्मान

Satya-Mohan-Joshi

साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशी ‘शताब्दी पुरुष’ को उपाधिबाट सम्मानित भएका छन् ।

त्रिमूर्ति निकेतनले दसौं त्रिमूर्ति दिवसका अवसरमा आयोजना गरेको ‘सत्यमोहन जोशी महोत्सव’मा उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र प्रदान गरेका छन् ।

९५ वर्षको उमेरमा समेत निकै सक्रिय ‘शताब्दी पुरुष’ जोशीलाई पाँच लाख राशि पनि अर्पण गरिएको छ ।

‘शताब्दी पुरुष’सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पनि लगिने बताइएको छ । उपप्रधानमन्त्री गौतमले ‘शताब्दी पुरुष’ डा जोशीलाई सरकारले पनि सम्मान गर्नुपर्नेसम्ब्ान्धी प्रस्ताव मन्त्रिपरिषद्मा आफूले लैजाने जानकारी दिए ।

सो अवसरमा जोशीलाई २४ मुलुक र नेपालका १४ अञ्चलबाट गरी १०१ अभिनन्दनपत्र पनि प्रदान गरियो । दुबोको माला पहिरिएका जोशी समारोहमा दुलहा जस्तै देखिएका थिए ।

जोशीले नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखन तथा अनेकौं सङ्घसंस्थाको सञ्चालन, निर्देशन र नेतृत्व गरेका छन् । उनी नेपाल भाषा एकेडेमीका कुलपति तथा नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य पनि हुनुहुन्छ ।

तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment