Comments Add Comment

‘होन्डा दशैं-तिहार’ योजनाका विजेतालाई पुरस्कार प्रदान

Honda-Prize-Distribution

१९ मंसिर, काठमाडौं । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा दशैं तिहार’ योजनाका  विजेतालाई पुरस्कार प्रदान गरेको छ ।

कम्पनीले गत दशैँ र तिहारको अवसरमा ल्याएको योजनाका विजेतालाइ शुक्रबार पुरस्कार प्रदान गरेको हो ।

योजना अन्तरगत होन्डाको थापाथली शो-रुमबाट सिआरभी कार खरीद गर्ने दिर्घप्रसाद कर्माचार्यले जोडी सहित जापान घुम्ने अवसर प्राप्त गरेका छन् ।

त्यस्तै, होन्डा डियो मोटरसाइकल खरीद गर्ने एकदेवी मैनालीले विजेता बन्दै १० तोला सुन प्राप्त गरेकी छिन् ।

होन्डा बिग बाइक खरीद गर्ने अन्य पाँच भाग्यशाली ग्राहकले मुक्तिनाथ यात्राको प्याकेज प्राप्त गरेका छन् । होन्डा एस आर १२५ एल खरीद गरी मुक्तिनाथ यात्राको प्याकेट पुरस्कार पाउनेमा ज्ञानेन्द्र थापा रबिन कर्माचार्य सुशिल कुमार श्रेष्ठ रोशन खरेल र निराजन बिक्रम कार्की छन् ।

काठमाडौंको ज्योति भवनमा आयोजित एक कार्यक्रमबीच विजेतालाई ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष शौरभ ज्योती लगायतले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment