Comments Add Comment

ओमवीर बस्न्यात पुरस्कार राष्ट्रकवि घिमिरेलाई

बाबा ओमवीरसिंह बस्न्यात प्रतिष्ठानले यस वर्षको ‘ओमवीरसिंह बस्न्यात पुरस्कार’ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ ।

बस्न्यातको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले १० हजार राशिको ओमवीरसिंह बस्न्यात प्रतिभा पुरस्कार बाल साहित्यकार गङ्गा पौडेललाई प्रदान गरिने निर्णय गरेको छ ।

दुबै पुरस्कार मङ्सिर २७ गते काठमाडौंमा प्रदान गरिने प्रतिष्ठानका सदस्य मोहन दुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment