Comments Add Comment

मान्छेले १ करोड वर्षअघि नै रक्सी खान सिकेको वैज्ञानिकको दाबी

huski
मान्छेले रक्सी उत्पादन गरेर सेवन गर्न थालेको आधुनिक मानव सभ्यता सुरु भएदेखि हो भन्ने कुरा हामीले पढे सुनेका थियौँ । मानिसले खाद्यपदार्थ फर्मेन्टेसन गरी अल्कोहल उत्पादन गर्न थालेको झण्डै ९ हजार वर्ष अगाडि मात्र रहेको इतिहासले बताउँछ । तर मान्छेले ९ हजार वर्षअघि नभै करोड वर्षअघिबाटै रक्सी खान र पचाउन सुरु गरेको तथ्य पत्ता लागेको छ ।
यद्यपि १ करोड वर्षअगाडि अहिलेको जस्तै बोतलमा तनतनी पिउने रक्सी उपलब्ध थिएन तर मानिसको पुर्खाको रुपमा रहेको बाँदरले उतिबेलै अल्कोहल पचाउन सिकिसकेको थियो ।
करोड वर्ष अगाडि नै मानिसका पुर्खाले जमिनमा खसेका फल खाएर पेटमा त्यसबाट अल्कोहल उत्पादन भएपछि त्यस्तो अल्कोहल पचाउने जिनको विकाश गरिसकेको शोधकर्ताहरुको भनाइ छ ।
अमेरिकाको सान्टा फे कलेजका प्राध्यापक म्याथ्यु क्यारिगन नेतृत्वको वैज्ञानिकहरुले टोलीले यस्तो तथ्य पत्ता लगाएको हो ।
शोधकर्ताहरुले आफ्नो अनुसन्धानको क्रममा मानवजाति समेत पर्ने प्राइमेट वर्गको पछिल्लो ७ करोड वर्षको क्रमविकाशका क्रममा अल्कोहल पचाउने जिन एडीएचफोर को अध्ययन गरेका छन् । त्यसक्रममा वैज्ञानिकहरुले यो जीन झण्डै १ करोड वर्ष पहिले उत्परिवर्तन भएर विकशित भएको तथ्य पत्ता लगाएका छन् ।
अल्कोहल डिहाइड्रोजिनेज फोर नामको यो जिनका कारण उत्पादन हुने इन्जाइमले अल्कोहल अर्थात् इथालोनलाई टुक्राउन मद्धत गर्छ र सोही कारण अल्कोहल जिउले पचाउँछ । यो इन्जाइम मानिसको अन्ननली,पेट तथा आन्द्रामा पाइन्छ । शोधकर्ताहरुका अनुसार मानिसका सुरुवातका पुर्खाले नै यहीँ इन्जाइमका कारण इथानोल पचाउन सिकेका थिए ।
करोड वर्ष पहिले स्थल जिवको विकाश हुने क्रममा मानव पुर्खाले अल्कोहल पचाउने सक्ने क्षमता राखेकै कारण मानव जातिले अन्य जिवलाई पछाडि पार्दै छिटै विकशित हुन सम्भव भएको तर्क शोधकर्ताहरुको छ । उतिबेला अन्य खाद्यपदार्थको अभाव रहेको बेला कुहिएर इथानोल बन्ने फलहरु पचाउन नसक्ने जिवहरु लोप भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment