Comments Add Comment

अमर शाहको ‘कुरुक्षेत्र’ सार्वजनिक

कथाकार अमर शाहको कथा सङग्रह ‘कुरुक्षेत्र’ सार्वजनिक भएको छ ।

विसं २०३० र ४० को दशकमै साहित्यिक क्षेत्रमा नाम कमाएका शाहको २०४५ मा पहिलो कृति ‘आदियुग’ नाम कथा सङ्ग्रह प्रकाशित भएको थियो ।

मध्यपश्चिम साहित्य परिषद्ले आयोजना गरेको ‘सर्जक र समीक्षकको दृष्टिमा कुरुक्षेत्र’ कार्यक्रममा बोल्दै सर्जक तथा साहित्यकारले कथाकार शाहले साहित्यमार्फत नेपाली समाजका विसङ्गती एवक् विकृतिमाथि सरल र सपाट भाषामा प्रहार गरेको बताए ।

साहित्यकारहरुले शाहले नेपाली माटो, भूगोल र जीवनशैलीलाई जीवन्त शैलीमा अभिव्यक्त गरेको भन्दै कथाकारको प्रशंसा गरे ।

वरिष्ठ साहित्यकार एवम् प्राज्ञ अमर गिरिले कथाकार शाहले समाजमा मूल्य र मान्यतामा भैरहेको क्षयीकरणविरुद्व मार्मिक तरिकाले हस्तक्षेप गरेको बताए । कथाकार शाहका कथा समकालीन नेपाललाई नियाल्ने आँखीझ्याल हो, प्राज्ञ गिरिले भने ।

पुस्तकमाथि चर्चा गर्दै साहित्यकार नयनराज पाण्डेले शाहको लेखनबाट आफ्नो लेखनमा समेत प्रभाव पारेको भन्दै सरल, सजिला र अपेक्षा गरिएका चरित्रहरु कथामा ल्याएर शाहले स्थापित गराएको बताएका छन् ।

याम्बुरी बुक प्वाइन्टले प्रकाशन गरेको पुस्तक १५६ पृष्ठको छ । पुस्तकमा राजनीति, समाज, समसामयिक घटना, सुशासनलगायत २२ कथा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment