Comments Add Comment

सरकार विरुद्ध युवाहरुको पिसाब आन्दोलन

drugtests
लागु औषध सेवन गरे नगरेको पत्ता लगाउन वर्षेनी मानिसहरुको परीक्षण गर्ने सरकारी प्रस्ताव विरुद्ध युवाहरुले पिसाब आन्दोलन सुरु गरेका छन् । आन्दोलनमा उत्रिएका युवाहरुले सरकारलाई आफ्नो पिसाबले भरिएका जार पठाइदिएका छन् ।

सरकार देशका नौजवान युवाहरु विरुद्ध पिसाब आन्दोलनमा उत्रिएको यो अनौठो समाचार हो, हंगेरीको ।

सत्तारुढ फिडेज पार्टीले सबै किशोर किशोरीहरु, राजनीतिक नेता तथा पत्रकारहरुले वाषिर्क रुपमा लागु औषध परीक्षण गराउनु पर्ने नियम ल्याउन थालेपछि विपक्षी दलका युवाहरु विरोधमा उत्रिएका हुन् ।

विपक्षी दल डेमोक्र्याटिक कोलिसन पार्टिको भ्रातृ संगठन योंग डेमोक्र्याट्सका आन्दोलनकारी युवाहरुले सरकारी प्रस्तावित नियमको विरोध गर्दै आफ्नो पिसाब जम्मा पारेर राजधानी बुढापेष्टस्थित आठौँ जिल्ला परिषदको कार्यालयमा लगेर बुझाइदिएका छन् । सो कार्यालय जिल्ला मेयर मेट कोक्सिस बस्ने मुकाम हो ।

सत्तारुढ दलले सबै युवाहरुलाई लागु औषधको कुलतमा फसेका अम्मलीको व्यवहार गरेको भन्दै विपक्षी युवा नेता बेन्डेगज कोप्पानीले मेयरले अरुको निजि जिन्दगीमा खलल पूराउन नपाउने बताए ।

सत्तारुढ दलको संसदीय समूहले भने प्रस्ताविक लागुऔषध परीक्षणलाई केही संसोधनसहित सहमती जनाउने घोषणा गरेको छ । यसरी कुनैपनि किशोरकिशोरीको ड्रग टेष्ट गरेपछि त्यसको नतिजा उनीहरुका अभिभावकलाई अनिवार्य दिइनुपर्ने गरी प्रस्तावित नियममा संसोधन गरिनेछ । लागु औषध परीक्षणको नतिजा सकारात्मक देखिएपनि त्यस्ता व्यक्तिलाई कारवाही भने नगरिने सरकारी प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment