Comments Add Comment

मेवा खानुका फाइदै फाइदा

papya
मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो भन्ने कुरामा दुइमत छैन । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।
आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।
मेवामा भिटामिन ए तथा पपाइन तत्व पाइन्छ । यसले अन्य फाइदका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ ।
मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ ।
मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ ।
मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ ।
कब्जियतले सताउने मानिसलाई पनि मेवा फाइदाजनक हुन्छ । यसमा प्रसस्त फाइबर हुने भएकाले अपच तथा कब्जियतको समस्या कम गर्छ भने पाचन प्रक्रियालाई नियमित गर्न सहयोग गर्दछ ।
महिनावारी अनियमित हुने तथा महिनावारीका बेला धेरै पीडा हुने महिलाका लागि समेत मेवाको नियमित सेवन फाइदाजनक हुन्छ ।
तर असन्तुलित रुपमा मेवाको बढि सेवन गर्नुभने हानिकारक हुन्छ । यसले क्यारोटेनेमिया भन्ने रोग लाग्नसक्छ । जसका कारण हात खुट्टाको छाला बढि पहेँलो बन्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment