Comments Add Comment

चीनमा नोट जलाएर बिजुली उत्पादन गरियो

cn_yuan_yen
२९ मंसिर, एजेन्सी । चीनमा पुराना कागजी नोट जलाएर बिजुली उत्पादन गरिएको छ । चिनियाँ समाचार एजेन्सी शिन्ह्वाका अनुसार हेनान प्रान्तको लुओयाङ्गस्थित एक कम्पनिले चलनचल्तीमा ल्याउन योग्य नभएका पुराना नोटहरु जलाएर बिजुली निकालेको छ ।

बिजुली संयन्त्रका अधिकारीहरुका अनुसार एक टन पुराना नोटबाट ६ सय किलोवाट बिजुली उत्पादन गरिएको छ ।

बैंकका एक कर्मचारीले शिन्हुवा समाचार एजेन्सीसँग कुरा गर्दै प्रान्तका खराब कागजी नोटबाट हरेक बर्ष १० लाख ३२ हजार वाट बिजुली उत्पादन गर्न सकिने बताएका छन् । यो ४ हजार टन बराबर कोइला जलाउँदा उत्पादन हुने परिमाण हो ।

कोइलाको तुलनामा नोट जलाएर बिजुली निकाल्दा कम प्रदुषण फैलिने अधिकारीहरुको भनाइ छ । चीनको केन्द्रीय बैंक ‘पीपल्स बैंक अफ चाइना’ले बिजुली उत्पादनको यो नयाँ र राम्रो तरिका भन्दै नोट जलाउन अनुमति दिएको थियो ।

चीनमा नोट जलाएर बिजुली उत्पादन गरिएको पहिलोपटक हो । नोट जलाएर बिजुली उत्पादन गर्न थालेको समाचार सार्बजनिक भएपछि सामाजिक सन्जालहरुमा ब्यापक प्रतिक्रियाहरु आइरहेका छन् ।

कसैले पैसा जलाएर बिजुली निकाल्ने लुओयाङ्ग सहर कति सम्वृद्ध छ भन्दै प्रशंसा गरेका छन् भने कतिपयले ‘नोटका गड्डी मलाई देऊ बिजुली चाहिँदैन,’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment