Comments Add Comment

अाजदेखि दैनिक १० घन्टा लोडसेडिङ

loadseading

  • लोडसेडिङको नयाँ तालिका

१ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि दैनिक १० घन्टा लोडसेडिङ गर्ने भएको छ । यसअघि दैनिक अाठ घण्टामात्र लोडसेडिङ हुँदै अाएको थियो ।

सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

मंगलबारसम्म सातामा ५७ घन्टासम्म लोडसेडिङ हुँदै अाएकोमा अब ७० घन्टा पुगेको छ । सुख्खा यामका कारण लाेडसेडिङ अझै बढ्दै जाने प्राधिकरणले जनाएको छ । यो वर्ष दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गर्ने प्राधिकरणको योजना छ ।

प्राधिकरणमा लोड अत्याधिक बढेको, पहिरोबाट क्षति भएका विद्युत गृहहरु अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेकोले तालिका परिवर्तन गर्नु परेको जनाएको छ ।

नयाँ तालिका अनुसार उपत्यका भित्र तोकिएका समयमा र उपत्यका बाहिर तोकिएको समयभन्दा पाँच मिनेट पछि लोडसेडिङ हुनेछ । त्यस्तै परिस्थित अनुकुल वा प्रतिकुल भए एक घण्टा आकस्मिक लोडसेडिङ हुने पनि प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment