Comments Add Comment

विश्वको सबैभन्दा महंगो तस्वीर, ६५ करोडमा बिक्यो ब्लाक एण्ड ह्वाइट तस्वीर

balck and whiteअस्ट्रेलियाका एक फोटोग्राफरले विश्वरेकर्ड कायम गरेका छन् । आफ्नो एक तस्वीरलाई ६५ लाख अमेरिकी डलरमा बेच्दै फोटोग्राफर पिटर लिकले सबैभन्दा महंगो तस्वीर खिच्ने मान्छेको किर्तिमान कायम गरेका हुन् । ‘भुत’ शीर्षकको उनको तस्वीरले कला जगतमा इतिहास रच्न सफल भएको छ ।

झ्वाट्ट हेर्दा सामान्य देखिने उक्त तस्वीरलाई अमेरिकाको लस भेगासका एक व्यक्तिले ६५ लाख डलर अर्थात् झण्डै ६५ करोड रुपैयाँमा खरीद गरेका हुन् । तस्वीर खरीद गर्नेको परिचय भने खुलाइएको छैन ।

लिकको यो किर्तिमानी तस्वीरसँगै उनका अन्य दुइ तस्वीर पनि निकै महंगो मूल्यमा बिक्रि भएका छन् । उनको इलुजन अर्थात् भ्रम शीर्षकको तस्वीर २४ लाख डलर तथा अनन्त मूड शीर्षको तस्वीर ११ लाख डलरमा बिक्रि भएको फोटोग्राफर लिकको वेबसाइटमा उल्लेख गरिएको छ ।

आफ्नो तस्वीरको उद्धेश्य प्रकृतिको सामाथ्र्यलाई कैद गर्नु र मानिसहरुलाई भावुक तथा तस्वीरसँग जोडिएको अनुभुति हुने तरिकाले प्रेरित गर्नु रहेको फोटोग्राफर लिकले बताएका छन् ।
६५ लाख डलरमा बिकेको उनको फ्यान्टम अर्थात् प्रेत शीर्षकको तस्वीर अमेरिकाको एरिजोनास्थित एन्टिलोप क्यान्योनमा खिचिएको हो । प्रकाशको उत्कृष्ट संयोजनका कारण तस्वीर अद्धितीय बनेको मात्र छैन प्रकाशकै संयोजनले भुतको जस्तो कृत्रिम आकृति समेत निर्माण भएको छ ।

स्मरण रहोस् एन्टिलोप क्यान्योन फोटोग्राफीका शौखिनहरुका लागि निकै चर्चित ठाउँ हो ।

स्मरण रहोस् लिकको यो किर्तिमानी तस्वीरले यसअघिका महंगो तस्वीरका किर्तिमानलाई ठूलो अन्तरले भंग गरिदिएको छ । पिटर आफैले सन् २०१० मा १० लाख डलरमा एक तस्वीर बिक्रि गरेर किर्तिमान राखेका थिए ।

विश्वका सबैभन्दा महंगा तस्वीरहरुको शीर्ष २० को सूचिमा पिटर एक्लैका चारवटा तस्वीर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment