Comments Add Comment

बिगबोसबाट बाहिरिएकी डिएन्ड्राले भनिन- चुम्बन गर्दैमा गर्भवती भइँदैन

diandra-soares-gautam1
मुम्बई । रियालिटी शो बिग बोसको आठौं श्रृङखलावाट बाहिरिएकी मोडल डिएण्ड्रा सोरेसले आफु गर्भवती भएको हल्ला बेकार भएको बताएकी छिन् ।

‘मलाइ थाह छैन । कसरि म गर्भवती भएको हल्ला फैलियो ।’ एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै उनले भनिन-‘मलाइ यति थाह छ कोही पनि महिला चुम्बन गरेकै कारण गर्भवती हुँदैन ।’

कार्यक्रमका पुरुष प्रतियोगी गौतम गुलाटीसँगको सम्बन्धको कारण डिएन्ड्रा चर्चामा थिइन् ।

उनीहरु दुवै जना लामोसमयसम्म बाथरुममा हराएपछि उनीहरुवीचको धनिष्टता शारिरिक सम्बन्धमा रुपान्तर भएको अनुमान गरिएको थियो ।

गत हप्ता डिएन्ड्रा बिरामी परेर डाक्टरकहाँ चेकअपका लागि पुर्‍याएपछि उनी गर्भवती भएको हल्ला फैलियो । जसका कारण बिगबोसका कार्यक्रम संचालक सलमान खानले डिएन्ड्रालाई निस्कासन नगरे सो नचलाउने चेतावनी दिए ।

सलमानको मागअनुसार डिएन्ड्रा सोबाट बाहिरिइन् । तर, उनले गर्भवती भएर नभई बिरामी परेकाले बाहिरिएको जिकिर गरिन् । अहिले आफ्नो स्वास्थ्य बिल्कुल ठिक भएको भन्दै उनले गर्भवती भएको हल्ला सही नभएको बताइन् ।

diandra-salman

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment