Comments Add Comment

बागलुङमा गरिमा बैंकको १५औं शाखा

१ पुस काठमाडौं । गरिमा विकास बैंकले बागलुङ बजारमा आफ्नो १५औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंक पोखराका प्रमुख ऋषिकेश भट्टले गरे ।

बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न समारोहमा बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठ र बाग्लुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, बैकका संचालक चुडामणि कंडेल, प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल लगायतले बोलेका थिए ।

राष्ट्र बैंकबाट स्विकृती प्राप्त गरिसकेको स्याङजाको बयरघारी, नवलपरासीको कावासोती र तनहुँको दमौली शाखा उदघाटन पछि बैकले कार्यक्षेत्रभित्रका ९ जिल्लामा १८ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्ने बैंकका सीइओ ढकालले बताए ।

आर्थिक वर्ष २०७१/७२ को हाल सम्मको अवधिसम्ममा बैंकको ४ अर्व ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ४ करोड ८२ लाख रुपैयाँ संचालन नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment