Comments Add Comment

आर्मी स्कूलमा तालिवानको आक्रमण, १२६ को मृत्यु

१ पुस, एजेन्सी । पाकिस्तानको पेशावर शहरस्थित एक आर्मी स्कूलमा तालिवान विद्रोहीले आक्रमण गर्दा कम्तिमा एक सय २६ जनाको मृत्यु भएको छ । मारिनेहरुमा स्कूले विद्यार्थी, शिक्षक र सेनाका जवान रहेको बीबीसीले जनाएको छ ।

Paeshabar school_attack तालिवान लडाकूहरु सेनाको भेषमा स्कूल भित्र छिरेर अन्धाधुन्द बम विष्फोट गराउँदै र गोली चलाएका थिए । उनीहरुले विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर कुटपीट समेत गरेका थिए ।

केही विद्यार्थीहरुलाई भने सुरक्षित बाहिर निकालिएको थियो । सो क्रममा सुरक्षाकर्मी र तालिवान लडाकूहरुबीच दोहोरो भिडन्त भएको थियो ।

बीबीसीलाई सम्पर्क गरी तालिवान प्रवक्ताले घटनाको जिम्मा लिएका छन् । उत्तरी वजिरिस्तान र खैबर पख्तूनख्वाह प्रान्तमा सरकारले तालिवान विरुद चलाएको कारवाहीको बदलास्वरुप सेनाको छोरा छोरीहरु पढ्ने स्कूलमा आक्रमण गरेको तालिवान प्रवक्ताले बताएका छन् ।

घटनाको निन्दा

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले आक्रमणको निन्दा गरेका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि तालिवान आक्रमणको निन्दा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पेशावर स्कूलमा भएको हमलाको कडा शब्दबाट निन्दा गर्दछु । यो अमानवीय हमलाले आतंकवादको असली अनुहार उजागर गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment