Comments Add Comment

होमवर्कमा आर्यनको यस्तो रुप

aaryan-sigdel
भूमिका परिवर्तनको बिषयमा लामो समयदेखि आलोचित हुँदै आएका नायक आर्यन सिग्देल अब भने केही फरक गेटअपमा देखिने भएका छन् । गोपिकृष्ण मुभिजले घोषणा गरेको नयाँ चलचित्र होमवर्कमा आर्यनको नयाँ गेटअप देखिनेछ ।
निरक पौडेलले निर्देशन गर्न लागेको यो चलचित्रमा आर्यन पाको उमेरको एक व्यक्तीको भूमिकामा देखिदैछन् । आज एक कार्यक्रमको घोषणा गर्दै चलचित्रको सार्वजनिक गरिएको हो ।

जसमा, आर्यन सिग्देलको गेटअपले धेरैको ध्यान तान्यो । भिन्न शैलीमा कलाकारको परिचय गराइएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका थुप्रै हस्तीहरु सहभागी थिए । चलचित्रमा आर्यनका अलवा नम्रता श्रेष्ठ, विजय लामा लगायतका कलाकारको अभिनय रहनेछ । ताराप्रकाश लिम्बुको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, निमा लामाको मेकअप रहने यो चलचित्रको घोषणा कार्यक्रममा सम्पूर्ण चलचित्रसँग आवद्ध  प्राविधिक तथा कलाकार प्ले कार्ड बोकेर स्टेजमा पुगेका थिए । उनीरुले चलचित्रमा आफ्नो भूमिका के रहनेछ भन्ने जानकारी प्ले कार्ड मार्फत नै दिएका थिए ।

निर्देशक निरक पौडेलले यो चलचित्रले हरेक मानिसले होमवर्क गर्न आवश्यक रहेको कथा भन्ने जानकारी दिए । निरकले डाक्टरले बिरामी चेकअप अगाडि, विद्यार्थीले स्कुल जानु अगाडि, प्रधानमन्त्रीले राज्य सत्ता सम्हाल्नु अगाडि होमवर्क गर्ने भन्दै चलचित्रले सबैको जिम्मेवारीको बारेमा सन्देश दिने बताए । गोपिकृष्णले अन्य विभिन्न चलचित्रकमीसँग मिलेर ७ वटा चलचित्र बनाउने घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment