Comments Add Comment

बुधवारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बुधवार प्रकाशित दैनिक पत्रिकाहरुले एसिया प्रशान्त क्षेत्रको अल्पविकसित राष्ट्रको सम्मेलनको खबर तथा धान उत्पादन पाँच प्रतिशतले घटेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

अन्नपूर्ण पोष्टले ‘धनी र गरिबबीचको बढ्दो खाडलले द्वन्द्व’ शीर्षकमा एसिया-प्रशान्त क्षेत्रका अल्पविकसित राष्ट्रको सम्मेलनको खबरलाई प्रमुख खबर बनाएको छ । ‘एसिया प्रशान्त क्षेत्रका अल्पविकसित राष्ट्रको स्तरउन्नति तथा २०१५पछि विकासको मार्गचित्र’ विषययक तीन दिने सम्मेलन मंगलवारबाट काठमाडौमा सुरु भएको हो ।

यस्तै, धान उत्पादन पाँच प्रतिशतले घट्यो, आर्थिक रुपमा सात प्रदेश पनि धान्न नसकिने प्रधानमन्त्रीको भनाई, उखुको समर्थन मूल्य तोक्न निर्देशन, ब्याट्री चोरी भएपछि मनास्लु क्षेत्रमा वाइफाइ सेवा ठप्प, नेपाल-दक्षिण कोरिया श्रम सम्झौता एक महिनाभित्रै लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

नागरिक दैनिकमा विसको अनुभाव साटासाट, जलविद्युतमा ५० खर्बको लक्ष्य, आठ संस्थान ससर्त निजीकरण, तेहरो स्थानीय करले बजारमा प्रतिष्पर्धा, कामदार जाँच्ने मेडिकल डेढ वर्षदेखि अनुगमन ठप्प, चीनसँगको बिप्पा मस्यौदा सार्वजनिक, पाँच वर्षपछि आयल निगम नाफामा लगायतका खबर छन् ।

कारोबार दैनिकमा लगानी बोर्डले नसकेपछि निचगढ विमानस्थल मन्त्रालयमै फिर्ता, डलर सय नाघ्यो, नाफाभन्दा घाटै बढी, भन्सार जाँचपास कन्टेरबाटै २३ किलो सुन बरामद, मुख्य बालीको उत्पादन घट्ने अनुमान लगायतका खबर छन् ।

आर्थिक दैनिकमा राजस्वद्वारा महासंघका केन्द्रीय सदस्य श्रेष्ठको गोदाम सिलबन्दी, २३ किलो अबैध सुन बोक्ने गाडी राजस्वमा, १४ आयोजनाको निर्णय गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन, नेपाली रुपैयाँ एक वर्षयताकै सबैभन्दा कमजोर, नेप्सेबाट आठ कम्पनी बाहिरिए लगायतका खबर छन् ।

arthik-eco

karobar

nagarik-eco

annpurna-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment