Comments Add Comment

आलु चिप्स विश्व सम्पदा सूचिमा !

potatos_countries copy copy

महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरहझै युनेस्कोले विश्व सम्पदा सूचिमा राख्छ । तर अब आलु चिप्सलाई समेत विश्व सम्पदा सूचिमा पार्न कसरत सुरु भएकेा छ । जाबो सामान्य खालको खानेकुरा आलु चिप्सलाई विश्व सम्पदा सूचिमा ? सुन्दै नसुहाउने जस्तो लाग्छ । तर यो साँचो हो की, बेल्जियमले आफ्नो देशको विशेष परिकार आलु चिप्सलाई विश्वको सांस्कृतिक सम्पदाको मान्यता दिलाउने पहल सुरु गरेको छ ।
भाषिक रुपमा चर्को विभेद तथा बेमेल रहेको बेल्जियमका जनताहरुबीच आलु फ्राइलाई सम्पदा सूचिमा राख्ने मागका सम्बन्ध्मा भने गज्जबको एकता देखिएको छ । आफ्नो देशको विशेष परिकार आलु चिप्सलाई सम्पदा सूचिमा सूचिकृत गर्नका लागि युनेस्को समक्ष औपचारिक आग्रह गर्न बेल्जियमका नागरिकहरुले हस्ताक्षर अभियान चलाएका छन् ।
कागजको सोलीमा राखेर बेचिने आलु चिप्सको सोली अहिले बेल्जियममा एकताको प्रतिक बनिरहेको छ । वास्तवमा आलु चिप्सको सोली बेल्जियनहरुका लागि संस्कृतिको रुपमा स्थापित भैसकेको छ ।
युनेस्कोले मान्यता दिनका लागि बेल्जियमको संस्कृति मन्त्रालयले आलु चिप्सलाई सम्पदा सूचिमा राख्ने कुरालाई स्विकृत गर्नुपर्छ । डच भाषा बोल्नेको बाहुल्य रहेको क्षेत्र फ्रलान्डरर्सको सरकारले आलु फ्राइलाई राष्ट्रिय संस्कृतिको अभिन्न अंगको रुपमा मान्यता दिइसकेको छ । फ्रेन्च र जर्मन भाषी समुदायमा पनि यो विषयमा अर्को वर्षदेखि बहस सुरु हुने अपेक्षा गरिएकेा छ ।
बेल्जियममा यस्ता आलु चिप्स बनाएर बेच्ने पसलहरुलाई फ्रिटकोट भनिन्छ । यस्ता पि|mटकोटहरुको संख्या बेल्जियममा ५ हजार छ ।
अमेरिकामा म्याकडोनाल्ड रेष्टुरेन्टको संख्यासँग तुलना गर्दा बेल्जियममा फ्रिटकोटको प्रतिव्यक्ति संख्या १० गुणा बढि हो ।
फिटकोर्ट संचालकहरुको राष्ट्रिय संस्था अनाफरीले आलु चिप्सलाई विश्व सम्पदाको मान्यता दिलाउनका लागि हस्ताक्षर अभियानको अगुवाई गररहेको छ ।
बेल्जियममा सन् १६ औँ सताब्दीमा आलुको प्रवेश भएको हो भने १९ औँ सताब्दीबाट मात्र आलु चपको प्रयोग गर्न थालिएको हो ।
बेल्जियमको आलु तप यनेस्कोको विश्व सम्पदा सूचिमा सुचिकृत भएमा यो विश्वको ३ सय १५ औँ अस्पश्र्य सांस्कृतिक सम्पदा बन्नेछ । यो सूचिमा टर्कीको कफी देखि जापानको वासोकु सम्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment