Comments Add Comment

मान्छेको छाला पग्लिने गाउँ, जहाँ घामसँग गाउँ डराउँछ (फोटो कथा)

sun effct 1
के तपाइँले यस्तो ठाउँको बारेमा सुन्नुभएको छ, जहाँको मानिस घामदेखि डराउँछन् ? सुन्दैमा कुनै काल्पनिक कथाजस्तो लाग्ने यो यथार्थ भोगिरहेका छन् एउटा सिँगो गाउँका बासिन्दाले । गाउँका धेरै मानिस घामदेखि डराउँछन् । किनकी घाममा निस्कियो की गाउँलेहरुको छाला पग्लिन थाल्छ ।
ब्राजिलको साओपाओलोको नजिकै रहेको अरारस गाउँ सायद दुनियाको एकमात्र गाउँ हो जहाँका सयमा ३ जना मानिसहरु घामदेखि डराउँछन् ।
गाउँका धेरै मानिसहरु एउटा अनौठो रोगबाट ग्रसित छन् । उक्सोडेरेमा पिगमेन्टेसन अर्थात् एक्सपी भनिने उक्त दुर्लभ रोगका कारण मानिसहरु छालाले घाम सहँदैन । जब छालामा घामको किरण पर्छ तब छाला गल्न थाल्छ । घाम पर्दै जाँदा छाला रातो तथा सुख्खा बन्दै जान्छ र अनुहार पनि भद्दा देखिँदै जान्छ । घामले अनुहारका अंगहरु नै पगालेर धेरुै मानिस अपांग र कुरुप बनिसकेका छन् ।

sun effct  3
यो रोग निकै दुर्लभ रोग हो र विश्वमा लाखौँमा एक जनालाई मात्र हुन्छ । तर यो गाउँका हरेक एक सयमा ३ जना मानिसलाई यस्तो रोग छ । गाउँमा भएका झण्डै ८ सय मध्ये २० जनालाई यस्तो रोग छ । गाउँको मुख्य पेशा कृषि भएकाले मानिसहरुलाई खेतबारीमा गएर दिनहुँ काम गर्नुपर्ने हुन्छ । त्यसैले आफ्नो रोगका बाबजुत मानिसहरु दिनभर खेतबारीमा काम गर्न बाध्य हुन्छन्, असह्य पीडा बोकेर । मानिसहरुले जिउमा सिधा घाम नपरोस् भनेर बाहिर निस्किँदा जिउ तथा टाउको ढाक्ने कुरा बोकेका हुन्छन् । तर पनि त्यसले उनीहरुको छालालाई जोगाउन सक्दैन ।
यो रोग निकै जटिल तथा असाध्य रोग हुनुका साथै यसबाट छालाको क्यान्सरको जोखिम पनि बढि हुने वैज्ञानिकहरुले बताएका छन् ।

sun effct 2JPG sun effct 5 sun effect 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment