Comments Add Comment

पोर्नको लतले घटाउँछ यौन क्षमता र सन्तुष्टि

porn
पोर्न सामाग्री हेर्ने लतले पुरुषको यौनिक क्षमता तथा सन्तुष्टि मा ह्रास ल्याउने एक अध्ययनले देखाएको छ । पोर्न भिडियो हेर्ने पुरुषले पार्टनरसँगको सम्भोगका बेला पोनोग्राफीकै दृश्य सम्भिmने र चरम सन्तुष्टिका लागि त्यसैको सिको गर्न थाल्ने हुँदा त्यसले पुरुषलाई आफ्नो यौन क्षमता र सन्तुष्टिका साथै जिउमाथि पनि असन्तुष्टि पैदा हुने अध्ययनको निष्कर्ष छ ।
अमेरिकाको अर्कान्सास विश्वविद्यालयकी उपप्राध्यापक अना बि्रज सहितको टोलीले कलेज तहमा पढ्ने १८ देखि २९ वर्षसम्मका युवकहरुमा यस्तो अध्ययन गरेको हो ।
आर्काइभ अफ सेक्सुअल बिहेवियर जर्नलमा छापिएकेा शोधले के देखाएको छ भने मानिसले जति धेरै पोनोग्राफी हेर्छ आफ्नो सम्भोगका बेला सोही विधिलाई प्रयोग गर्न थाल्छ र आफ्नो पार्टनरलाई पनि पोर्न भिडियोकै जस्तो यौनिक क्रिया गर्न अनुरोध गर्न थाल्छ । अर्थात् पार्टनरसँगको सम्भोगका बेला समेत पोर्न फिल्मको जस्तो फन्टासी खोज्न थाल्छ ।
पोर्न फिल्मका कृत्रिम तथा सम्पादित दृश्य तथा सम्भोग विधिहरु आफ्नो यथार्थ यौन जिवनमा प्रयोग गर्न खोज्दा ऊ असफल हुने मात्र होइन त्यसबाट चरम निरासा तथा हिनताबोध समेत उत्पन्न हुने अध्ययनकर्ताहरुको भनाइ छ ।
त्यसैले पोनोग्राफीको अधिकतम प्रयोगले यौनसाथी सँगको अन्तरंग यौनिक क्रियाकलाप तथा आनन्दमा नकारात्मक असर पूराउँछ ।
शोधकर्ता बि्रजेज भन्छिन्, ‘ अधिकांस पोर्न सामाग्रीहरुमा महिलाप्रति हिंश्रक व्यवहार गरिनुका साथै तल्लोस्तरको व्यवहार गरिएको हुन्छ । यसका साथै कोमल स्पर्श, चुम्बन, हाँसो तथा बोलीजन्य प्रसंसाहरुलाई पनि अबमूल्यन गरिएको हुन्छ ।’
कुनै पुरुषले पोर्न भिडियोका यस्तैखाले व्यवहार आफ्नो महिला पार्टनरसँगको सम्भोगका बेला प्रयोग गर्न थाल्यो भने त्यसले यौन सन्तुष्टिमा असर पुग्ने, यौन क्षमतामै ह्रास आउने तथा अन्ततः यौन जिवनमा नै खलल आउने सम्भावना रहने शोधकर्ताको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment