Comments Add Comment

सोनमले कट्रिनाको नाम लिएपछि सलमान लजाए

salman and sonam
मुम्बई । प्रदर्शोन्मुख फिल्म ‘डाँली की डोली’प्रति अभिनेत्री सोनम कपुर निकै उत्साहित छिन् ।अहिले फिल्मको प्रमोशनका लागि जुटेकी सोनमले सलखानसँग जिस्कंदै कट्रिनाको प्रसंसासमेत गरिन् ।
सलमान खानद्धारा सञ्चालित कार्यक्रम ‘बिग बोस’ मा सलमानका भाइ अरवाज खानसँगै अतिथी बनेर पुगेकी सोनम सलमानसँग जस्किंदै केही कलाकारको वारेमा टिप्पणी समेत गरिन् ।
सलमानले सोनमलाई बाबु अनिल कपुरका वारेमा धेरै सोधेपछि सोनम दिक्क भएकी थिइन् ।
एक्कासी सलमानले प्रश्न गरे- ‘कुनै पनि पुरुष कलाकारले कुनै हिरोइनसँग डेट जान पर्‍यो भने कसलाई रोज्छ होला ?’
सोनमले विना हिच्कचाहट जवाफ दिइन् ‘कटि्रना कैफ’ । कैटको नाम लिँदा सलमान केही लजाएका थिए ।
कटि्रनाकै कारण उनी किन लजाए ? कुनै बेला सलमान र कैटवीच लामो अफयेर चलेको चर्चा हुन्थ्यो । अहिले पनि उनीहरुवीच भावनात्मक सम्बन्ध राम्रो छ । तर, कैटले रणवीर कपुरलाई आफ्नो दिलमा राखिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment