Comments Add Comment

अंग्रेजी एल्बम निकाल्दै ‘नेपाली माइकल ज्याक्सन’

dhiraj raiकाठमाडौं । कुनै बेला ‘नेपाली माइकल ज्याक्सन’ भन्दै चर्चा गरिने धीरज राई यतिबेला साच्चिकै माइकल ज्याक्सन बन्ने दौडमा लागेका छन् ।
स्टेजमा गीत र नृत्यलाई समान तहमा प्रस्तुत गर्न सक्ने क्षमता भएका यी पप गायक यतिबेला अंग्रेजी गीतमार्फत् अन्तराष्ट्रिय बजार छिर्ने तरखरमा छन् ।
‘बुद्ध वाज बर्न इन नेपाल’ नाम राखेर एल्बम निकाल्ने तयारीमा रहेका धीरजले एल्बमको रिलिज क्यानडावाट गर्ने योजना बनाएका छन् ।
‘मेरो टार्गेट भनेको अन्तराष्ट्रिय बजार नै हो, त्यसकारण क्यानडावाट एल्बम रिलिज गर्दै छु ।’ अनलाइनखबरसँग कुरा गर्दै धिरजले भने ‘यो मेरो महत्वकांक्षी एल्बम हो ।’
२२ बर्षदेखि नेपाली सँगीत उद्योगमा सक्रिय धीरजलाई यतिबेला लागेको छ- कुनै एउटामात्र गीतले मात्रै मन जित्न सकेपनि अन्तराष्ट्रिय बजारमा नेपाली कलाकारको उत्थान सम्भव छ । उनी भन्छन ‘अब विश्वबजारमा कसरि जाने भन्नेमा पनि सोच्नु पर्ने भएको छ ।’

उनको एल्बमलाई बेल्जियमको बीभीए कम्पनीले उत्पादन र बजारीकरण गर्ने छ । उनी भन्छन- नेपाली कलारको यो नै पहिलो अंग्रेजी एल्बम हुने छ ।’
आठ गीत रहेको यस एल्बममा धीरजकै स्वर, संगीत र शब्द रहेको छ । काठमाडौको हिप्पी संस्कारदेखि पछिल्लो सयको डेटिङ शैलिलाई समेत उनले गीतमा उतारेका छन् ।
गीतसँगै बुद्धको प्रचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै ‘बुद्धको देश नेपाल’ भन्ने वाक्यांशलाई पटक-पटक दोहोर्‍याइदिंदा धेरै नेपाली मख्ख परे ।
भारतले लुम्बिनी र बुद्धको वारेमा झुटो प्रचार गरिरहेको आरोप लगाउने नेपालीहरुलाई मोदीको उक्त वाणीले राम्रै काम गरे झैं लागेको थियो । तर, धीरजको भनाइ अनुसार विदेशीलाई अझै पनि भ्रम छ- बुद्ध भारतकै हो भन्ने ।
‘हाम्रो मिडियाको प्रभाव हाम्रै समुदायमा मात्रै सिमित छ, त्यसकारण विदेशीलाई हाम्रो वारेमा धेरै कुरा थाह छैन ।’ धिरजले भने ।
आफ्नो गीतले त्यस किसिमका अन्यौललाई चिर्ने उनको बिश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment