Comments Add Comment

चेल्सी लिग कपको सेमिफाइनलमा

Filipe luis first goal for chelsea

२ पुस, काठमाडौं । फिलिप लुइसले क्लबका लागि गरेको पहिलो गोलको मदतमा चेल्सी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले डर्बीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । प्रिमियर लिग लिडर चेल्सीले २३ औं मिनेटमा हजार्डको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा लुइसले चेल्सीका लागि करियरको पहिलो गोल गरे । उनले फ्रिकिक गोल गरेका हुन् ।

खेलको ७१ औं मिनेटमा क्रेग ब्राइसनले गोल गर्दै डर्बीको आशा जगाए । तर, ७४ औं मिनेटमा जेक बक्सटनले रातो कार्ड पाएपछि डर्बी १० खेलाडीमा सिमित भयो ।

८२ औं मिनेटमा आन्द्रे शुर्लेले गोल गर्दै चेल्सीको ३-१ को जित सुनिश्चित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment