Comments Add Comment

जनजाति आन्दोलनलाई २ करोड चन्दा उठाइँदै

२ पुस, काठमाडौं । पहिचानसहितको संघीयताका लागि सम्झौताहीन निर्णायक आन्दोलन गर्ने भन्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले शुभेच्छुकहरुसँग चन्दा तथा आर्थिक सहयोग आह्वान गरेको छ ।

फाइल फोटो
फाइल फोटो

पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलनका लागि विदेशस्थित जनजाति संघ संस्थाहरुबाट आर्थिक संकलनको अभियान शुरु भएको हो ।

पहिलो चरणमै बेलायतबाट १८ लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिवद्धता आइसकेको र अन्य देशबाट पनि सोही अनुसार पैसा संकलन भइरहेको समितिका सदस्य संघीय समाजवादीका नेता आङकाजी शेर्पाले जानकारी दिए ।

उनका अनुसार युरोप, अमेरिका र खाडी मुलुकबाट पनि आर्थिक संकलनको खबर आइरहेको र उत्साहजनक रुपमा चन्दा सहयोग भएको छ ।

जनजाति आन्दोलन सञ्चालनका लागि नबिल बैंकमा खाता खोलेर पैसा संकलन गर्न थालिएको आन्दोलन समितिका प्रवक्ता डा. ओम गुरुङले बताए । ‘पैसा त धेरै नै चाहिने रहेछ, अब संकलन हुँदैछ,’ उनले भने ।

पद्मरत्न तुलाधर, शान्ति जिरेल र नरेश ताम्राकारको संयुक्त नाममा खाता खोली आर्थिक संकलन थालिएको छ । ‘प्रतिवद्धता धेरै ठाउँबाट आएका छन्, पैसा संकलन हुँदैछ,’ गुरुङले भने, ‘अहिले चाहिँ व्यक्ति र संस्थाहरुले खर्च गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment