Comments Add Comment

करिश्मा चलचित्र निर्माणमा फर्किइन्

karisma-manandhar
नायिका करिश्मा मानन्धर लामो समयपछि फेरि चलचित्र निर्माणमा फर्किएकी छिन् । चलचित्र ‘बाबुसाहेब’ निर्माण गरेपछि करिश्मालाई लाखौ रकम घाटा लागेको थियो । यसपछि उनी अमेरिका हानिएकी थिइन् । करिब ९ बर्ष लामो अमेरिका बसाइपछि करिश्मा नेपाल फर्किएकी हुन् । नेपाल आएपछि उनी अरुकै चलचित्रमा अभिनय गर्नमा नै व्यस्त थिइन् ।

करिश्माले गोपीकृष्ण मुभिजसँग मिलेर चलचित्र निर्माण गर्न लागेकी हुन् । गोपीकृष्णले आफ्नो लगानी र अन्य चलचित्रकर्मीसँगको सहकार्यमा ७ वटा चलचित्र बनाउन लागेको हो । जस अन्र्तगत एक चलचित्र नायिका करिश्मा मानन्धरको पनि हो ।

चलचित्रलाई प्रेमको बिषयमा बनाउन लागेको करिश्माले बताइन् । चलचित्रका लागि सम्पूर्ण प्राविधीक र कलाकार पक्का भैसकेका छैनन् । गोपीकृष्ण मुभिजले विभिन्न चलचित्रकर्मीसँगको सहकार्यमा बनाउन लागेका अन्य चलचित्रमा गणेशदेव पाण्डेको निर्देशनमा बन्न लागेको ‘सुनिता’ पनि छ ।

यस्तै, भैरव सापकोटा, विरेन्द्र नारायण श्रेष्ठ लगायतका निर्माताले पनि गोपीकृष्णसँग ब्यानर सहकार्य गर्न लागेका छन् । नायिका नम्रता श्रेष्ठले पनि गोपीकृष्ण मुभिजसँग मिलेर चलचित्र बनाउन लागेको जानकारी गराएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment