Comments Add Comment

मेट्रो डेभलपमेन्ट बैंकले गर्‍यो आँखा र रक्तदान

Metro२ पुस काठमाडौं । पोखराको न्यूरोडमा प्रधान कार्यलय रहेको मेट्रो डेभलपमेन्ट बैंकले छैठौं बर्षमा प्रबेश गरेको अवसरमा मंगलबार रक्तदान तथा आँखादान कार्यक्रमको आयोजना गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष नारायण वरालले रक्तदान गरेर कार्यक्रमको उदघाटन गरे ।

बैंकका सञ्चालक डा. नन्द श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा सञ्चालक, संस्थापक सेयरधनी, कर्मचारी र सर्वसाधारण गरी ४१ जनाले रक्तदान र १८ जनाले आँखादान गरेको बैकका प्रमुख कार्यकारी अधिकृत सुर्य प्रसाद तिवारीले बताए ।

मंसिर मसान्तसम्ममा बैंकले १ अर्व ७३ करोड रुपैयाँ निक्षेप संकलन गरि १ अर्व ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले आर्थिक वर्ष २०७१/०७२ को असोज मसान्तसम्ममा १ करोड ५२ लाख सञ्चालन नाफा कमाएको छ ।

लमजुङ्गको भोर्लेटार, बेशीसहर, पोखराको रत्नचोक, हस्पिटलचोक र म्याग्दीको बेनीमा गरि ५ शाखा कार्यालयहरु रहेको बैंकलेे छिट्टै नै लेखनाथ नगरपालिकाको तालचोकमा शाखा कार्यालय खोल्ने जनाएको छ ।

बचत खातामा ६ प्रतिशत सम्म र मुद्दती खातामा ८.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment