Comments Add Comment

तालिवानले १४१ को हत्या गरेपछि पाकिस्तान शोकमा

२ पुस, काठमाडौं । तालिवान लडाकूहरुले सैनिक विद्यालयमा आक्रमण गरी १ सय ४१ जनाको हत्या गरेपछि पाकिस्तान शोकमा डुबेको छ । मंगलबारको आक्रमणपछि सरकारले तीनदिने शोक घोषणा गरेको छ ।Paeshabar school_attack

७ जना तालिवानी अतिवादीले गरेको आत्मघाती आक्रमणबाट एक सय ३२ बालबालिकासहित १ सय ४१ जनाको मृत्युु भएको थियो । शरिरमा बम जडित लुगा लगाएका तालिवान लडाकूहरुले कक्षा कोठा-कोठामा छिरेर स्कूले बिद्यार्थी र शिक्षकहरुको हत्या गरेका थिए ।

आक्रमणबाट १ सय २५ जना घाइते भएका छन्. । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । घाइतेका आफन्तहरु शुभ समाचारको पर्खाइमा अस्पताल परिसरमा भेला भएका छन् ।

आक्रमणमा मृत्यु भएकाहरुको सामूहिक अन्त्येष्टि गरिएको छ ।

नेपाल सरकारबाट खेद व्यक्त

तालिवानको यो आक्रमण हालसम्मकै बर्बर भएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । यो पासविक आक्रमणको नेपाल सरकारले खेद व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार निकालेको विज्ञप्तिमा आक्रमणबाट नेपाल सरकार स्तब्ध बनेको उल्लेख छ । ‘नेपाल सरकार जहाँसुकै र जुनसुकै प्रकारका आतंकवादको घोर निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारमा पाकिस्तान सरकारले चाँडै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ । साथै मृत्यु भएकाहरुकाको परिवार र पाकिस्तान सरकारप्रति समवेदना प्रकट गरिएको छ ।

तालिवानले स्कूलमा आक्रमण गरेर नरसंहार गरेपछि विश्वभरबाट विरोध भैरहेको छ ।

आफूहरुबिरुद्ध सरकारी सेनाले गरेको आक्रमणको बदला लिएको तालिवानीका प्रवक्ताले बताएका छन् । पाकिस्तान सरकारले उत्तरी बजीरिस्तान र खैबर पख्तुन्ख्वामा तालिवान विरुद्ध सैन्य कारवाही अभियान चलाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment