Comments Add Comment

गाविस सचिव कुटेको आरोपमा एमाओवादी पूर्वसभासद पक्राउ

२ पुस, भोजपुर । गाविस सचिवलाई कुटपिट गरेको आरोपमा पूर्वसभासद सुदन किरातीसहित तीन जना पक्राउ परेका छन् ।

sudan kiratiसाङपाङ र देउरालीका गाविस सचिव खड्ग पौडेललाई कुटपिट गरेको आरोपमा प्रहरीले एमाओवादीका पूर्वसभासद किराती, कांग्रेस सचिव हेमन्त मुकारुङ र माले जिल्ला सचिव अनिल बस्नेतलाई पक्राउ गरेको हो ।

गाविसमा अनियमिता गरेको आरोपमा आठ दलका प्रतिनिधिले पौडेललाई हातपात गरेका थिए ।

पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै आठ दल आन्दोलित भएका छन् । आठ दलले अहिले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध सभा गरेका छन् । कांग्रेस, एमाओवादी, संघीय समाजवादी, माले, राप्रपा, राप्रपा नेपाल र खम्बुवान मोर्चा एक ठाउँमा छन् ।

एमाले भने आन्दोलनमा सहभागी छैन । राष्ट्रसेवकलाई हातपात गरेको भन्दै एमालेले भत्साना गरेको छ ।

त्यसअघि सहमतिको प्रयासमा बुधबार विहान भएको वार्तामा सचिव पौडेल अनुपस्थित भएपछि कुनै निर्णय हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment