Comments Add Comment

गोलाप्रथाबाट छानियो चलचित्र, फागुन १ मा ‘वान वे’ प्रदर्शन हुने

one-way
नेपाली चलचित्र एकपछि अर्कोगरि जुध्दा निर्मातालाई घाटा त पक्कै हो । तर, पनि राम्रा भनिएका चलचित्र माथि नै निर्माताहरु आफ्नो चलचित्र जुधाउन लालयित छन् । यही क्रममा, फाल्गुण १ गतेबाट प्रदर्शनमा आउन लागेका ‘वान वे’ र ‘अधकट्टी’ले भने नयाँ सुरुवात गरेका छन् ।

कुनै पनि चलचित्र पछि सर्दा भाग्यो भन्ने आरोप लगाइन्छ । तर, यी दुई चलचित्रका निर्माताले चिठ्ठा थुतेर प्रदर्शन मिति तय गरेका हुन् । फाल्गुण १ गते ‘वान वे’ र ‘अधकट्टी’ मध्ये कुन लगाउने भन्ने बिषयमा चिठ्ठा प्रथा गरिएको हो ।

जसमा राजकुमार राइको निर्माणमा बनेको चलचित्र ‘वान वे’ले बाजी मारेको छ । अब, फाल्गुण १ गते यो चलचित्र लाग्नेछ भने ‘अधकट्टी’ पछि सरेको छ । यो कदमलाई चलचित्र क्षेत्रमा राम्रो सुरुवात समेत भनिएको छ ।

दुबै राम्रा र आशा गरिएका चलचित्र हलमा लाग्दा निर्मातालाई नै घाटा लाग्ने सोचाई अनुरुप यो कदम चालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment