२ पुस, काठमाडौं । १३२ जना स्कुले बालकालिकासहित १४० जनाको ज्यान जाने गरी पाकिस्तानको पेशावरमा भएको आक्रमणको सबैले निन्दा गरेका छन् ।
नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि अबोध बाकबालिकाहरुमाथि भएको आक्रमणको आलोचना गरेका छन् ।
समाजिक सञ्जाल ट्वीटरमा आक्रमणको आलोचनाका लागि अहिले हृयासट्याग #PeshawarAttack सबैभन्दा बढी ट्रेन्ड छ ।
यसअघि हृयासट्याग #Indiawithpakistan ट्वीटरमा दोस्रो सबैभन्दा बढी ट्रेन्ड बन्यो । धेरै भारतीयहरुले बच्चाहरुमाथि भएको आक्रमणका लागि तालिबानको आलोचना गर्दै यो हृयासट्याग प्रयोग गरेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्-‘रगतको यो धब्बा, आफैबाट कसरी लुकाउँछौं । निर्दोषको चिहानमा चढेर कुन स्वर्गमा जान्छौं ?’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्कुले बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणको निन्दा गरेका छन् । कांग्रेस युवा नेता गगन थापाले पेशावर हमलाले मानव इतिहास फेरि एकपटक कलंकित भएको बताएका छन् ।
Whole humanity must condemn in unequivocal terms the heinous massacre of innocent people, mostly children, in Peshawar, Pakistan today.
— Baburam Bhattarai (@brb_laaldhwoj) December 16, 2014
पेशावर हमलाले मानव इतिहास फेरी एकपटक कलंकित र लज्जित भएको छ।अतिवाद,राजनैतिक होस वा धार्मिक त्यसले खुशी कहिल्यै ल्याऊँदैन सधैं यसैगरी रुवाउँछ
— Gagan Thapa (@thapagk) December 16, 2014
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्-पाकिस्तानमा भएको कायरतापूर्ण आक्रमणलाई लिएर भारतका सबै स्कुललाई अपील गर्छु कि एकजुटताका लागि दुई मिजेट मौन बसौं ।’
पाकिस्तानी पत्रकार रज्जा रुमीले रिट्वीट गरेकी छन्-रगत र आँसुको कुनै राष्ट्रियता वा धर्म हुँदैन । यो हामी कसैको पनि हुनसक्छ । हामी तपाईको पीडा बुझ्न सक्छौं ।’
नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो घटनालाई मानवताको इतिहासमा कालो धब्बा भनेका छन् र तालिबान आक्रमणको आलोचना गरेका छन् ।
सबैखाले अतिबादले अन्तत्वगत्वा पुराउने पेशावर नै हो, जुनसुकै जात, धर्म, सम्प्रदाय, रास्ट्रका भए पनि तिनीहरु तालिबानी जत्तिकै कुरुप हुन्छन
— Suresh Kumar (@suracedhakal) December 17, 2014