Comments Add Comment

दोस्रो टेष्टको पहिलो दिन मुरली विजयको शतक

Murali-Vijay

२ पुस, काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको पहिलो दिन भारतका मुरली विजयले शतक बनाएका छन् ।

पहिलो दिनको खेल सकिँदासम्म भारतले चार विकेट गुमाएर ३११ रन बानाएको छ । ओपनर विजय १४४ रनमा लायनको बलमा आउट भए । २१३ बलको सामना गरेका उनले २२ चौका हानेका थिए ।

भारतका अजिन्क्या रहाने ७५ रनमा अविजित छन् भने रोहित शर्माले २६ रनमा छन् ।

शिखर धवन २४, चेतेश्वर पुजारा १८ रनमा आउट भए । पहिलो टेष्टको दुबै पारीमा शतक बनाएका विराट कोहली पनि चल्न सकेनन् । उनी मात्र १९ रनमा आउट भएका छन् ।

पिटर सिडको स्थानमा टीममा आएका जोश हृयाजलउडले अष्ट्रेलियाका लागि दुई विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment