Comments Add Comment

नौ अंकले घटेर नेप्से सूचक ९०० अंकमा झर्‍यो

nepse123२ पुस काठमाडौं । बुधबार ९ अंकले घटेर नेप्से परिसूचक ९०० अंकमा झरेको छ । आइतबार ३९ अंकले र सोमबार ६ अंकले बढेको नेप्से ८ अंकले घटेको थियो । गत विहीबार नेप्से ८७० अंकमा थियो ।

बुधबारको कारोबारमा समुहगत सूचकतर्फ विकास बैंक बाहेक सबै सूचकहरु घटेका छन । विकास बैंक समूहको सूचक भने १.४६ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार वाणिज्य बैंक समुहको सूचक ११.७८ अंकले, होटल समूहको ३६.४६ अंकले, जलविद्युत समूहको ४२.८७ अंकले, वित्त कम्पनी समुहको ३.०१ अंकले, बीमाको २८.०२ अंकले, उत्पादनमूलकको ०.९३ अंकले र अन्य समूहको सूचक २.३५ अंकले घटेको छ ।

यो दिन नेपाल स्टक एक्सचेञ्जमा १ सय २९ कम्पनीका ३ लाख ७ हजार कित्ता सेयर १५ करोड ७१ लाख रुपैयाँमा किनबेच भए ।

बुधबार एभरेष्ट बैंकको १ करोड ६५ लाख, नेपाल लाईफ इन्स्योरेन्सको १ करोड २८ लाख, हिमालय जनरल इन्स्योरेन्सको १ करोड १३ लाख र चिलिमे हाइड्रोपावरको १ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment