Comments Add Comment

राष्ट्रिय एकता दिवस खारेज हुनु दुर्भाग्यपूर्ण : प्रधानमन्त्री

२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले पृथ्वी नारायण शाहको जन्म दिन पुस २७ लाई राष्ट्रिय एकता दिवस खारेज हुन दुर्भाग्यपूर्ण घटना भनेका छन् ।

Susil-koiralaपुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा पुनः घोषणा गर्ने मागसहित गएकाहरुसँग बुधबार भएको भेटमा कोइरालाले यस्तो भनेका हुन् ।

‘त्यो निर्णय दुर्भाग्यपूर्ण थियो, कसरी र किन भयो मलाई पनि थाहा भएन’ प्रधानमन्त्री कोइरालाको भनाई उधृत गर्दै भेटमा सहभागी भरत बस्नेतले अनलाइनखबरसँग भने-‘अब पुनः राष्ट्रिय एकता दिवस घोषणा गर्न म सकारात्मक छु, तपाइहरुले अरु दलसँग पनि कुरा गर्नुस् ।’

कांग्रेस नेता तथा सभासद अर्जुन नरसिंह केसी, साहित्यकार तथा संस्कृतिविद मोदनाथ प्रश्रित, इतिहासविद डा. रमेश ढुंगेल सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर यसैपालीबाट पुस २७ मा राष्ट्रिय एकता दिवस घोषणा गर्न दबाव दिएको छ ।

कांग्रेस वर्तमान महामन्त्री कृष्ण सिटौला गृहमन्त्री भएका बेला उनकै प्रस्तावमा दिवस खारेज भएको भन्दै उनीहरुले कांग्रेसकै नेतृत्वको सरकारबाट पुनर्वहाली हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment