Comments Add Comment

ओली र नेपालको मन मिल्दा खनाल प्रफुल्ल

मात्रिका पौडेल

२ पुस, काठमाडौं । ‘पत्रकार साथीहरुका सबै जिज्ञासाको जवाफ दिन्छौं, तर पहिलो प्रश्नको जवाफचाहिँ कमरेड माधव नेपालले दिनुहुनेछ ।’ बुधवार अपरान्ह एमाले मुख्यालय मदननगर बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओलीले यसोभन्दा नेता माधव नेपाल प्रफुल्ल देखिए ।

UML top leadet

‘अध्यक्ष ओली र तपाईको मन र मत दुबै मिलेको हो कि, पोलिटब्यूरोमा आफ्ना मान्छे सेटल गर्न मिलेमतोमात्र भएको हो ?’ अध्यक्ष ओलीतिर एक नजर लाउँदै अनलाइनखबरकर्मीको जिज्ञासाको जवाफ दिन नेता नेपाल तम्सिए ।

केही दिनअघिसम्म ओलीसँग ‘कि ऊ छैन, कि म छैन’को शैलीमा प्रस्तुत हुने समकालीन शीर्ष नेताहरुमध्ये सबैभन्दा सक्रिय र फूर्तिला नेता नेपालले अब आफूहरु मनैदेखि मिलिसकेको जवाफ फर्काए ।

‘वर्तमान परिप्रेक्ष्यमा मुलुकलाई निकास दिन र पार्टीलाई एकताबद्ध बनाउन हामी मिलेका छौं, यो मिलन देखावटीमात्र होइन, मनैदेखि मत मिलेको हो’ आफ्नै लवजमा नेपालले भने ‘ढुक्क हुनुस् अब हामी एक ढिक्का भएका छौं’ ।

पत्रकारले दोस्रो प्रश्न सोध्ने पालो आयो । पत्रकारको प्रश्न भूईंमा खस्न नपाउँदै अध्यक्ष ओलीले भने-अब दोस्रो प्रश्नको जवाफ दिनुहुनेछ, पूर्वअध्यक्ष कमरेड झलनाथ खनालले ।

ओली र नेपाललाई दायाँ र बायाँ राखेर बीचमा बसेका खनाल पत्रकार सम्मेलनमा उपस्थित नेतामध्ये अझ बढी दंग देखिन्थे । ‘राजपाठ गुमाएर पनि दंग हुनुहुन्छ नि ? अनलाइनखबरको जिज्ञासामा बल्खुको मूलद्वारमा उभिएका खनालले भने ‘यो पार्टीको आन्तरिक मेलमिलापले सबैभन्दा खुसी म भएको छु’ ।

पत्रकार सम्मेलनमा उपस्थित एमालेका शीर्ष नेताहरु तीनै प्रमुख नेताहरु मिलेर एकै लहरमा बस्दा सबै दंग देखिन्थे । ‘अब एमालेको एकतामा बैरीका नजर नपरुन्’ केन्द्रीय सदस्य सूर्य थापाले अनलाइनखबरसँग भने-‘हामी एक भयौं भने मुलुकलाई एक बनाउन सक्छौं ।’

अध्यक्ष ओलीले पार्टीमा पछिल्लोपटक कायम भएको माधव नेपालसँगको एकताका बारेमा शब्द खर्चिन चाहेनन् । तर, नेपाल र खनाललाई पहिलो र दोस्रो प्रश्नको जवाफ दिन लगाएर तेस्रोमा मात्र आफ्नो धारणा राख्दै ओलीले अब एक्लै होइन, मिलेर पार्टी चलाउन लागेको संकेत अवश्य गरेका छन् ।

ओलीको प्रण

पत्रकार सम्मेलनपछि अनलाइनखबरकर्मीको थप जिज्ञासामा एमाले अध्यक्ष ओलीले देशको तस्वीर एमालेका हरेक कमिटीमा देख्न पाइने भन्दै एमालेमाथि लाग्ने सबै आरोपको जवाफ दिन आफू तयार रहेको बताए ।

‘पोलिटब्यूरो र केन्द्रीय कमिटी पूर्णरुपमा समावेशी भइसकेका छन्, स्थायी कमिटीमा छुटेका मधेसी र दलित समुदायका योग्यतम नेताहरु समावेश हुनेछन्’ ओलीले भने-‘एमालेजतिको समावेशी पार्टी अरु कोही छन् भने आउन्, चुनौती सामना गर्न तयार छु ।’

उनले आफू र माधव नेपालबीच दशकौंदेखिका आत्मीयता रहेकाले महाधिवेशनको प्रतिस्पर्धाको तुष अब सकिएको बताए । अब देशैभरिका तल्ला कमिटीमा पनि यो तुष मेट्ने गरी अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment